ललितपुर । गोदावरी फिटनेश एकेडेमीले प्रथम स्थान हासिल गर्न सफल भएको छ । प्रथम गोदावरी नगरपालिका मेयर कप राष्ट्रिय आमन्त्रण तेक्वान्दो प्रतियोगिता २०७४ मा गोदावरी फिटनेसले यो उपाधि पाएको हो । गोदावरी फिटनेसले ५ स्वर्ण, ५ रजत र ५ कास्य ल्याएर प्रथम भएको हो । यसैगरी दोस्रो स्थानमा चुनदेवी डोजाङले ४ स्वर्ण, २ रजत र २ कास्य ल्याउन सफल भयो । तेस्रो स्था नमा ढल्को डोजाङले २ स्वर्ण र १ कास्य हात पार्न सफल रह्यो । दुई दिने चलेको तेक्वान्दो मेयर कपमा पुरुषतर्फका उत्कृष्ट खेलाडीमा कर्म नेर्वु शेर्पा र महिलातर्फ अञ्जली राई घोषित भए । गोदावरी फिटनेशमा खेल्ने खेलाडीहरुको ६ वर्षको मिहिनत र खेलप्रतिको लगावले गर्दा हामी पहिलो स्थानमा आउन सफल भएको हो भन्ने कुरा प्रशिक्षक उज्वल श्रेष्ठले बताउनुभयो । हामीले सुरुसुरुमा हाम्रा खेलाडीहरुलाई सहभागी गराउदा उनीहरु अण्डर २५ केजीमा खेल्दथे । आज हाम्रा खेलाडीहरु अण्डर २५ केजीदेखि अण्डर ५० केजीसम्मका खेलाडीहरु उ
त्पादन भइसकेका छन् । मैले सिकाएका खेलाडीहरु स–साना भाईबहिनीहरु थिए । तिनीहरुमा निश्चल आचार्य, जोब् तण्डुकार, राहुल शाक्य, सिर्जल श्रेष्ठ, आशिष थापा, दीपिका नगरकोटी, सौजन न्याश्रु, विमस प्रजा जस्ता खेलाडीहरु यस गोदावरी फिटनेसको उत्कृष्ट एवं भोली राष्ट्रको लागि आश लाग्दा खेलाडीहरु हुन् ।
गोदावरी फिटनेस एकेडेमीमा सिनियर गुरु रमेश विष्ट, अमिन लामा, दिल महर्जन, केशर पहरीलगायतको संयोजनमा सञ्चालित भएको डोजाङ हो । उहाँहरुको मार्ग निर्देशमा मैले नियमित प्रशिक्षण गर्दै आएको छु ।